काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले सार्वजनिक गरेको मोबाइल एप सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउँदै गएको छ । नगरवासीहरूले घरमै बसेर विभिन्न सेवा लिन सक्ने गरी ल्याइएको “Gokarneshwor Municipality App” अहिले प्रयोगमैत्री र उपयोगी बन्दै गएको बताइएको छ। नगरपालिकाका अनुसार एपमार्फत् नागरिकहरूले गुनासो तथा सुझाव पठाउने, विकास योजनासम्बन्धी धारणा राख्ने, सूचना तथा समाचार प्राप्त गर्ने, आपत्कालीन सेवामा सम्पर्क गर्ने तथा धार्मिक–पर्यटकीय स्थलहरूको जानकारी लिन सक्ने सुविधा पाउँदै आएका छन्। यसका साथै एपमा डिजिटल नागरिक बडापत्र, नगर क्षेत्रभित्रका स्वास्थ्य सेवाहरूको विवरण, स्वास्थ्य संस्थाहरूको सम्पर्क र स्वास्थ्यसम्बन्धी सूचना समेत समावेश गरिएको छ। निकट भविष्यमा सिफारिस, स्वास्थ्य कार्ड जस्ता सेवाहरू पनि घरबाटै अनुरोध गर्न सकिने व्यवस्था गरिने नगरपालिकाले जनाएको छ। यो एप Netcore Pvt. Ltd. द्वारा विकास गरिएको हो एप गुगल प्ले स्टोर र आईओएस एप स्टोर दुवैमा उपलब्ध रहेको छ। यसअघि सूचना प्रविधि विभाग ले तयार पारेको एकीकृत एप भने हाल बन्द भइसकेको अवस्थामा, यो नयाँ एप स्थानीय तहको डिजिटल सेवामा महत्वपूर्ण विकल्पको रूपमा उदाउँदै गएको छ।
Read More
नेपालको निजी क्षेत्रको आईटी कम्पनी NetCore (Governance Automation Solution Pvt. Ltd.) लाई राष्ट्रिय ICT दिवस २०८० को अव...
Read More